काठमाडौं। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गरेका छन्। घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका हुन ।
बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्नुभएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गर्नुभएको हो । उनलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा मन्त्रालयले जनाएको थियो ।
२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उनले सो अवधिमा लोडसेडिङ अन्त्य गर्नुभएको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लानुभएको श्रेय पाएका थिए ।नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गर्नुभएको थियो । त्यसपछि २०७५ वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गरेका थिए ।
नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । घिसिङ प्राधिकरणमा नियुक्त हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड घाटामा थियो । २०७३ भदौमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा कुलमान घिसिङ नियुक्त हुनुभएपछि अघिल्ला हरेक वर्ष घाटामा जाँदै आएको प्राधिकरणलाइ आर्थिक वर्ष २०७३/७४ देखि नै नाफा भएको थियो ।आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले एक अर्ब ५० करोड खुद मुनाफा प्राप्त गरेको थियो । त्यसपछिका हरेक वर्ष नाफा रकम बढ्दै जाँदा प्राधिकरणले गएको आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब नाफा कमाएको बताइन्छ ।