धनगढी : अन्तराष्ट्रिय युवा दिवशको पुर्व सन्ध्यामा प्रदेश युवा परिषद सुदूरपश्चिमले वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । शिक्षाका लागी राष्ट्रिय अभियान र पिसविन नेपालको सहयोगमा आयोजना भएको प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट २९ जना युवाहरुको सहभागिता थियो । प्रबिधिमैत्री युवा पुस्ता आजको आवश्यक्ता, सुदूरपश्चिम प्रदेशको सम्बृद्धीमा युवाको जिम्मेवारी बिषयक वक्तित्वकला प्रतियोगिताको नतिजा भने २८ गते प्रकाशित हुने प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए । २८ गते अन्तराष्ट्रिय युवा दिवशका अवशरमा अन्तरक्रिया कार्यक्रम तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको उनले बताए ।
बक्तित्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक भवान सिहं चलाउने, सुदूरपश्चिमाञ्चल क्याम्पसका उप प्राध्यापक टि एन जोशी, सामाजिक बिकास मन्त्रालयका कानुन अधिकृत दान बहादूर सुनारले निर्णायकको भुमिका खेलेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य प्रदेश युवा परिषदका कार्यालय प्रमुख धर्मराज जोशीले राखेका थिए भने कार्यक्रमको सञ्चालन दीपा रावतले गरेकी थिइन् ।