धनगढी, : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७र७८ को वार्षिक समीक्षा कार्यक्रम बन्द कोठामा भएको छ । कार्यक्रममा पत्रकारलाई निशेध गरिएको छ । विहाना ११ बजेदेखि सुरू भएको कार्यक्रममा पत्रकारलाई फोटो खिच्न मात्र अनुमति दिएको छ । फोटो खिचिसकेपछि पत्रकारलाई बाहिर बाहिर जान भनिएको छ ।
वरिष्ठ पत्रकार चित्राङ्ग थापाले समीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नदिनु दुर्भाग्यपूर्ण भएको बताए । ुसमीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नफिने हो भने समीक्षा कस्का लागि हो रुु उनको प्रश्न छ । समीक्षा कार्यक्रममा सातवटा मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, सातवटै मन्त्रालयका सचीव, सूचना अधिकारीलगायतको सहभागिता छ ।
सरकारी निकायका हरेक समीक्षा कार्यक्रम सार्वजनिक हुने गरेका भएपनि सुदूरपश्चिम प्रदेश सरकारले भने प्रवेश अनुमति दिने गरेको छैन । प्रदेश सरकारले आन्तरिक समीक्षा भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाउने गरेको छ । प्रदेश सरकारले सार्वजनिक रुपमा समिक्षा कार्यक्रम गर्ने गरेको छैन ।