कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजारमा सोमबार चोरी गरेकी एक महिलाले फेरी अर्को पसलमा चोरी भएको खुलेको छ । आइतबार भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेशनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी गरेको सिसीटिभी फुटेज र समाचार बाहिरिएपछि फेरी अर्को पसलमा चोरी भएको खुलेको छ ।पसलमा दिउँसो १२ः३० बजे ३ हजार मुल्य बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले जानकारी दिए। ती महिलाले अनुहार नदेखिने गरी पहिरन लगाएको सञ्चालक चन्दले बताए । ग्राहक बनेर दिउँसो ३ हजार बराबरको कपडा चोरेर लगेको उनले भने। यस्तै, सोही महिलाले एक अर्को पसलबाट सामान चोरेर लगेको पसल सञ्चालकले बताएकी छिन् । मुख छोपेर आएकी ती महिलाले मदन चोक नजिकै रहेको सुशान्त सुजबाट १२ बजेतिर १ हजार २ सय ५० पर्ने २ वटा जुत्ती चोरेर लगेको संचालक विष्णादेवी रावलले बताइन् ।
ग्राहक बनेर आएकी ती महिला पसलमा आएकी थिइन् । उनले भनिन,
लुक्स फेशनवेयरमा चोरी गरेको समाचार आएपछि आफूले पनि सिसीटिभी फुटेज हेर्दा पसलमा चोरी भएको थाहा पाएको बताइन् । यसरी एकैदिन २ वटा पसलबाट समान चोरी भएपछि महेन्द्रनगरका व्यापारीहरु भने त्रसित बनेका छन्। यता उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।