योगेन्द्र नायक : शैलेस सिहं चर्चित नाम हो । बैकंको जागिर देखी ट्युसन सेन्टर सञ्चालकपछि कलेज मालिकसम्म बनेका सिहंलाई नचिन्ने कमै होलान् । २०४४ साल चैत २१ गते बझाङको तल्कोट गाउँपालिका ५ मा बुवा रण बहादूर सिहं र आमा शान्ता सिहंको शन्तानका रुपमा जन्म लिएका हुन शैलेस सिहंले । तल्कोटकै दुर्गाभावानी माध्यमिक बिद्यालयमा कक्षा ८ सम्म अध्यायन गरेका सिहंले ९ र १० कक्षा धनगढीको पञ्चोदय माध्यमिक बिद्यालयमा अध्ययन गरे । उच्च माध्यमिक शिक्षा धनगढीकै ऐश्वर्या बिद्या निकेतनबाट गरेका सिहंले स्नातक रस्नातकोत्तर काठमाण्डौँबाट गरे । बुवा शिक्षक पेषामा भएका कारण अध्ययनमा उनको निकै लगाव थियो ।
काठमाण्डौँबाट स्नातकोत्तर गरेका सिहंले २०६७ सालमा जागिर शुरु गरे । नोबिल बैकंको असिस्टेन्टबाट जागिर शुरु गरेका सिहं छोटो अवधीमै बैकं साखा प्रबन्धक सम्म पुगे । मेघा बैकं धनगढीको साखा प्रबन्धकपछि पुर्ण रुपमा बैकंबाट बिदा लिएर उनि ब्यवसायमा लागे । उनले बैकंको जागिर संगै ब्यवसायपनि शुरु गरिसकेका थिए । २०६८ सालमा तिन जना मिलेर धनगढीमा ट्युसन सेन्टरका रुपमा स्टार प्रा ली सञ्चालन गरे । जुन अहिले ट्युसन क्लास, लोकसेवा क्लास तथा ब्रिज कोर्षका लागी चर्चित संस्था छ । ७५ हजार रुपयाँ लगानी गरेर शुरु भएको स्टारले राम्रै प्रगती गरेपछि सिहंले जागिर छोडेर ब्यवसाय तर्फनै पुरा समय दिने निधो गरे । त्यसपछि उनि धनगढीमै रहेको फर्निचर र स्टार प्रा. ली लाई समय दिन थाले ।
शिक्षा क्षेत्रमा निकै लगाव भएका सिहंले बिस्तारै स्टार प्रालीलाई माथी उकास्दै गए । उनलाई संंस्थामा कार्यरत कर्मचारीहरुलेपनि निकै साथ दिए । र उनि बैकंर, फर्निचर ब्यवसायी, इन्सच्युड मालिक संगै अब कलेजका मालिक बनेका छन् । उनले अहिले नेपाल वेस्टर्न मेनेज्मेन्ट एण्ड इन्जिनियरिङ कलेज लिएका छन् । शिक्षा क्षेत्रमा फड्को मार्दै कलेज सञ्चालक बनेका सिहंले यहाँको उत्कृष्ट कलेज बनाउने निधो गरेका छन् ।
सिहं भन्छन् ‘हामी गरिब देशमा छौँ । बझाङ जस्तो बिकट ठाउँमा मेरो जन्म भयो मलाई सुरुदेखि नै के चाहिँ थियो भने आफैले केही गर्नुपर्छ हामीलेनै केही गरे बिकास हुन्छ यो सोच लिएर अघी बढेको हुँ सबैको साथले कलेज सञ्चालन गरेको छु अहिले ।’ उनले भने ‘हामी विद्यार्थीलाई जतिको सैद्धान्तिक ज्ञानको विषयमा जानकारी दिन्छौं त्यति नै व्यवहारिक ज्ञान पनि प्रदान गर्छौ । फेरि प्रयोगात्मक लागि सुविधा सम्पन्न होटेल र ठाउँहरु सँग समन्वय गरेका छौं । बिजनेस स्कुल भएकोले भोलि परिक्षामा कतिको नम्बर ल्यायो भन्ने कुराले सबै कुरा निर्धारण गर्दैन । अरु कुरा पनि आवश्यक पर्छन् जुन हामी प्रदान गर्छौ । फेरि पोखरा विश्वविद्यालयले हामी मात्रै होइनौं सबै कलेजको व्यवस्थापन समितिलाई यति धेरै अधिकार दिएको छ कि अरुमा सायदै होला ।’
विद्यार्थीले नियमित उपस्थिति लगायतको कुरामा कलेजले निगरानी राख्छ र निर्णय गर्न सक्छ उनले भने ‘यसले हाम्रो विद्यार्थीको स्थिति के रहन्छ, उसलाई कतिको क्षमतावान बनाउन सकिन्छ भन्ने प्रयास हामीगर्छौ । त्यसैले यो कलेज रोज्नु पर्छ भन्छु ।’