धनगढी। सोमबार सेती अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको जोशीपुर गाँउपालिका २ का २८ बर्षीय पुरुष रहेको सेती प्रादेशीक अस्पतालले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा १६७ नमूनाको परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १४२ जनाको रिपोर्ट निगेटिभ आएको छ। हाल अस्पतालमा २२ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना बिरामी निको भई घर फकिएकोमा थप ३ जना बिरामी अस्पतालमा भर्ना भएका छन्। यस्तै ४ जनाको आइसीयु र २ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भने ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको छ । यस्तै १२ जनाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।