धनगढी, : शान्ति न्याय र सवल संस्थाका लागि नागरिक समाज विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार धनगढीमा भएको छ । कोक्यापको आयोजनामा भएको कार्यक्रममा कैलाली र सुर्खेतका नागरिक समाजका पदाधिकारीहरुसंग अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा सहभागिहरुले नागरिक समाजको भुमिका सा“घुरिदै गएको गुनासो गरेका थिए । सुर्खेतका विन्दुलाल रेग्मीले भने –‘०६२÷६३ को जनआन्दोलनमा बलियो देखिएको नागरिक समाज पछिल्लो समय यसको भुमिका सा“घुरिदै गएको छ ।’ उनले नागरिक समाजले समाज परिवर्तनका लागि आफुलाई परिवर्तन, समयानुकुल बनाउ“दै लग्नु पर्ने सुझाव दिए ।
धनगढी उपमहानगरपालिकाका वडा सदस्य प्रेम विकले जातिय विभेद कायमै रहदा समेत नागरिक समाजका पदाधिकारीहरु पनि मौन बस्ने गरेको गुनासो गरे । उनले भने –‘सरकारले संविधानमै जातिय विभेद अन्त्य भएको घोषणा गरेको थियो । अहिले पनि कुनै न कुनै बहानामा दलित वर्गले जातिय विभेद भोग्नुपरेको छ । खै त नागरिक समाजको भुमिका ?’
कोक्यापका महेश भट्टले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएका मानवअधिकार तथा सुरक्षा घटनाका तथ्यांक प्रस्तुत गरेका थिए । उनले मार्च १ देखि जुन ३१ सम्ममा सुदूरपश्चिम प्रदेशमा ५० वटा हिंसात्मक घटना भएको बताए । प्रदेशमा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम बाजुरामा भएको बताए ।
‘देशभरीनै नागरिकको अभिव्यक्ति स्वतन्त्रता, हत्याहिंसा, बलात्कार, विभेद लगायतका घटना बढीरहेको छ’ उनले भने –‘आर्थिक, शासन, व्यक्तिगत, राजनीतिक लगायतका कारण समाजमा यी विकृति भइरहेको पाइएको छ ।’