धनगढी। शुक्रवार सुदूरपश्चिममा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका ३ की ६५ बर्षिया एक महिला र डोटीकै दीपायल सिलगढी नगरपालिका १ का ३३ बर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । दुवैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै शुक्रबार ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा ८ सय ९३ जनाको नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १ सय २१ नमुना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेल्धुरा अस्पतालमा ५० जनाको नमुना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।