धनगढी । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगती समिक्षा गोष्ठि आयोजना गरी सम्पन्न गरेको छ। बार्षिक प्रगती समिक्षा गोष्ठि कार्यक्रममा कार्यालयले आर्थिक बर्ष २०७७/७८ मा खाद्य स्वच्छता तथा गुणस्तर सुधारका लागी गरिएका कार्यक्रम, खाद्यपदार्थ बिश्लेषण सम्बन्धि गरेका मुख्य मुख्य कार्य र सोबाट हाँसिल प्रगति जानकारी गराउन बार्षिक प्रगती समिक्षा गोष्ठिको आयोजना गरिएको हो । कार्यालयले आर्थिक बर्ष २०७७/७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन बमोजिम ३ सय ७६ खाद्य पदार्थ र १५ दाना पदार्थ गरी जम्मा ३९१ नमुना संकलन गरेको थियो । जस अन्तरगत धनगढी कार्यालयबाट ७५ नमुना तथा डडेल्धुरा, डोटी,र बैतडीका डिभिजन कार्यालयबाट क्रमशः १००, ८५ र ११६ थान नमुना संकलन गरीएको जनाएको छ । यस्तै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले बार्षिक प्रगती समिक्षा गोष्ठिमा संकलित नमुना मध्ये तेल तथा घ्युजन्यका ५८ वटा, फल तथा सागपात जन्य पदार्थका ३६ वटा, मसला तथा मसलाजन्यका ४९ वटा,चिया कफिका २० वटा,नून ७ वटा, खाद्यान्न तथा दलहनजन्यका १३९ वटा, प्रशोधित पिउने पानी ५ वटा कन्फेक्सनरीका ५ वटा,अन्य खाद्य बस्तुका ५७ वटा दाना पदार्थका १५ वटा नमुनाहरु परिक्षण गरिएकोमा २४ वटा (६ दशमलव १४ प्रतिशत) नमुनाहरु प्रतिकुल रहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए।सो मध्ये तेल तथा घ्यूजन्यका २ नमुनाहरु, मसला तथा मसलाजन्यका ३ वटा नमुनाहरु, खाद्यान्न तथा दलहनजन्यका ११ वटा नमुनाहरु प्रशोधित पिउने पानी २ वटा नमुनाहरु तथा अन्य खाद्य पदार्थहरु ६ वटा गरी जम्मा २४ खाद्य नमुनाहरु प्रतिकुल रहेका पाइएका थिए । यस्तै आर्थिक बर्ष २०७७/७८ मा खाद्य ऐन तथा नियम अनुसार न्युनगुणस्तर तथा दुषित उत्पादन तथा बिक्री बितरण गरेको कसुरमा जम्मा ८ वटा मुद्धा बिभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा फैसला भएका छन् भने ११ वटा दायर भइसकेको र अन्य कार्बाहीको प्रक्रियामा रहेको कार्यालय प्रमुख दाहालले जानकारी दिए। यस्तै कार्यालय तथा मातहतका डिभिजन कार्यालयबाट खाद्य स्वच्छता सर्भिलेन्स अन्तरगत ५०३ खाद्य तथा १० दाना गरी ५१३ संख्यामा नमुना संकलन बिश्लेषण गरिएको थियो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले डडेल्धुरा डोटी, बैतडीका डिभिजन कार्यालयले खाद्यका ५२ र खाना पदार्थका १० गरी जम्मा ६२, ६७ र १३८ नमुना संकलन गरेको थियो ।
संकलित नमुना मध्ये दूध तथा दुग्धजन्य पदार्थ २१, तेल तथा घ्यूजन्यका ३४ वटा,फल तथा सागपात जन्य पदार्थका २८ वटा, मसला तथा मसला जन्यका ९ वटा, चिया कफीका १५ वटा, नून १३ वटा, खाद्यान्न तथा दलहनजन्यका १७९,प्रशोधित पिउने पानी २० वटा,गुलियो पदार्थ ४, कन्फेक्सनरीका १, मासु तथा मासुजन्य ४ वटा, अन्य खाद्यबस्तुका १६६ वटा, दाना पदार्थका १० वटा नमुनाहरु परिक्षण भएकोमा ३६ वटा नमुनाहरु प्रतिकुल रहेको पाइएको थियो । सो मध्ये दूध तथा दुग्धजन्य ३ वटा, तेल तथा घ्यूजन्यका ३ नमुनाहरु चिया कफिका १ वटा नमुनाहरु, खाद्यान्न तथा दलहनजन्यका ११ वटा नमुनाहरु, गुलियो पदार्थ र कन्फेक्सनरी २/२ वटा नमुनाहरु तथा अन्य खाद्य पदार्थहरु १४ वटा गरी जम्मा ३६ खाद्य नमुनाहरु प्रतिकुल रहेको पाइएको थियो । कार्यालयले खाद्य ऐन तथा खाद्यस्वच्छता सर्भिलेन्स बाहेकको अनुरोध भई आएको ८२ र अनुज्ञापत्र गरी १ हजार ३ नमुना परीक्षण गरेको जनाएको छ । परिक्षण गरिएको खाद्य तथा दाना नमुनाहरु मध्ये दूध तथा दूग्ध पदार्थ ३८, तेल तथा घ्यूजन्यका २६ वटा, फल तथा सागपात जन्य पदार्थका ११७ वटा, मसला तथा मसला जन्यका १७३, चिया कफिका ३ वटा, नून ४ वटा, खाद्यान्न तथा दलहनजन्यका ४ सय ५१ वटा प्रशोधित पिउने पानी ४६ वटा, गुलियो पदार्थ १४ वटा, कन्फेक्सनरी १ वटा, मासु तथा मासुजन्य २ वटा, अन्य खाद्य बस्तूका ९६ वटा दाना पदार्थका ३२ वटा नमुनाहरु परिक्षण गरिएकोमा १५ वटा (१ दशमलब ५ प्रतिशत) नमुना प्रतिकुल पाइएको थियो । सोमध्ये फल तथा सागपातजन्यका ४ नमुनाहरु,.मसला तथा मसलाजन्यका २ वटा, खाद्यान्न तथा दलहनजन्यका २ वटा नमुनाहरु,अन्य खाद्य पदार्थहरु ५ वटा तथा दाना पदार्थ २ गरी जम्मा १५ खाद्य नमुनाहरु प्रतिकुल रहेको कार्यालयले जानकारी दिएको हो । यस्तै, आर्थिक बर्ष २०७७/७८ मा खाद्य/दाना उद्योग,होटल,रेष्टुरेण्ट अनुगमन तथा उजुरी सम्बोधन टोली मार्फत कार्बाही लगायत जम्मा २८३ पटक निरीक्षण अनुगमन गरिएको थियो ।साथै आर्थिक बर्ष २०७७/७८ मा १०४ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, १९६ उद्योगलाई नयाँ अनुज्ञापत्र नबिकरण तथा १४४ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको जनाइएको छ । यस्तै आर्थिक बर्ष २०७७/७८ मा होटल रेष्टुरेण्ट स्तरिकरणको लागी १ पटक अभिमुखीकरण तालिम गरिएको थियो । तेश्रो बिश्व खाद्य स्वच्छता दिवस, २०२१ तथा १३ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७८ को अवसरमा धनगढी उपमहानगरपालीका क्षेत्रमा रहेका बिभिन्न कार्यालय परिसरमा खाद्य स्वच्छता सेचेतनामुलक सन्देश,ब्यानर र स्टीकर टाँसिएको जनाइएको छ। यस्तै, सोही आर्थिक बर्षमा महेन्द्रनगर र कैलारी गाउँपालीकामा स्ट्रीट फुड भेण्डरहरुलाई खाद्य स्वच्छता एवम् गुणस्तर सम्बन्धि तालिम,। यस्तै टिकापुर क्षेत्रमा रहेका केही चाउमिन तथा सस उद्योगहरुको अनुगमन निरीक्षण गर्न परेको उजुरी तथा निबेदनको आधारमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी र इलाका प्रसासन कार्यालय टिकापुरको सँयुक्त टोलीले टिकापुर क्षेत्रमा रहेका चाउँमिन तथा सस उद्योगहरुको पहिलो पटक अनुगमन गरी स्वच्छता मापदण्ड सुधार गर्न निर्देशन दिएको जनाएको छ ।
यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले निषेधाज्ञाको समयमा गरिएका उजुरी सम्बोधनको आधारमा धनगढी ४ को बालाजी ट्रेडर्सको अनुगमन गरिएको थियो । जस्मा दाजुभाई ब्राण्डको चामलको बोरामा उपभोग्य मिती २ बर्ष राखेको, चामललाई पाउडरले पोतेको र उक्त पाउडरमा बिषादी मिसाई ढुसी परेको चामल बिक्री गरेको भटिएकोले लेबल बिवरण पुरा भएको खाद्य बस्तुको मात्र कारोबार गर्ने र ढुसी परेको बिग्रेको खाद्यसामाग्री बिक्री बितरण नगर्ने निर्देशन दिइएको छ । यस्तै धनगढी ४ मा रहेको कालभैरब ढुवानी सेवाले डि एस एग्रो इण्डष्ट्रिज, लम्कीले उत्पादन गरेको चामलमा लेबल बिवरण नराखेको पाइएकोले अनुज्ञापत्र नविकरण प्रक्रीया अगाडी बढाउने र लेबल बिवरण राखेर मात्र कारोवार गर्न निर्देशन दिइएको छ । र यस्तै गोदावरी फ्लोर मिलमा मेघा ब्राण्डको सुजीमा उत्पादन मितीको बर्ष २०२५ उल्लेख गरेको भटिएकोले लेवल बिवरण पुरा र सहि भएको यकिन गरेर मात्र बजारमा पठाउन र प्रत्येक लटको उत्पादित बस्तु नमुनाको रुपमा उद्योगले राख्न निर्देशन गरिएको समेत कार्यालयले जानकारी गराएको छ । यस बाहेक दुध,पानी,तेल तथा बिभिन्न खाद्य उद्योगहरुको पनी अनुगमन तथा निरक्षण गरिएको थियो ।
साथै यस कार्यालय मार्फत ५ वटा जिल्ला प्रसासन कार्यालयमा मुद्धा दायर भएको, एउटा सरकारी वकिल कार्यालयमा राय निकासाका लागी पेश गरिएका २४ वटालाई बयानका लागी पत्राचार गरिएको छ । मुद्धा फैसला बिवरण अनुसार धनगढी ८ रश्मि अग्रवाल र धनगढी १ बस्ने मधु पाठकलाई चामलमा न्यून स्तर खाद्य पदार्थ उत्पदान बिक्रि वितरण गरिएकोमा कैलाली जिल्ला अदालतमा मुद्धा दायर भएकोमा २५/२५ हजार जरीवाना तोकिएको छ । यस्तै डडेल्धुरा ५ अमरगढीका टेकराज पाण्डेय, मदन प्रकाश किराना पसललाई गहत गेडा खुल्ला भेटिएकोले डडेल्धुरा अदालतमा मुद्धा दायर भई ७ हजार जरीवाना गरिएको छ । यस्तै डडेल्धुरा अमरगढी नगरपालीका ५ का निर्मला ठकुराठी, निर्मला खुद्रा किराना पसललाई चनाको दाल खुल्ला बस्तु र किराले क्षती पु¥याएको दाना बढी भएको अभियोगमा डडेल्धुरा अदालतले ५ हजार जरिवाना गरिएको थियो । यस्तै डडेल्धुरा ४ को अमरगढीको बसन्त राज चटौत, रावल किराना पसलले धनिया गेडा खुल्ला र अजैविक पदार्थ बढी भएकाले डडेल्धुरा अदालतले ४ हजार जरीवना तोकेको अदालतले फैसला सुनाएको छ । यस्तै डडेल्धुरा ५ को तेज बहादुर रावलको भागेश्वर स्टोरले चामल खुल्ला तथा पंकज पन्तको ओम बाबा स्टोरले मटर गेडा खुल्ला गरेको र जिवीत किरा उपस्थीत भएको अभियोगमा डडेल्धुरा अदालतले क्रमशः १० हजार तथा ७ हजार जरिवानाको फैसला गरेको छ ।
यस्तै बैतडीमा रहेको राज स्वीट हाउस गोठाला पानीका तिलक प्रसाद भट्टले मटर खुल्ला गरेको बस्तुमा खाद्य रंग र उपभोग्य मिती सकिएको अभियोगमा बैतडी जिल्ला अदालतले ५ हजार जरीवाना र सोही जिल्लाको जनता होटलका गम्भिर सिँह कार्कीले बियर बोतल बस्तुमा अपभोग्य मिती समाप्त भएकोले बैतडी जिल्ला अदालतले ५ हजार जरीवानाको फैसला सुनाएको थियो । यस्तै प्रशोधित पानी उद्योग अनुगमन र कारबाही अन्तरगत प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम नरहेका ५ वटा उद्योगको उत्पादनमा रोक लगाइएको र हालसम्म पनी रोक्का कायम रहेको जनाइएको छ । ४ वटाको मापदण्ड पुरा गरेकोले उत्पादन फुकुवा गरेको र एउटा संरचना निर्माणको निमीत्त खुला गरेको जनाएको छ । यस्तै आर्थिक बर्ष २०७७/७८ मा अनुगमन निरीक्षणको क्रममा खाद्य बस्तु जफत, नष्ट बिवरण अनुसार खाद्यान्न तथा दलहन ६७१ केजी, मसलाजन्य ५ केजी, तेल तथा घ्यू ६ केजी, हल्का पेय पदार्थ ३० लिटर, मिठाईजन्य १३.५ केजी र अन्य ४५ केजी गरी जम्मा ७ सय ४० दशमलव ५ केजी र ३० लिटरको ७५ हजार मुल्य बराबरको बस्तु जफत तथा नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी आर्थिक वर्ष ०७७/७८ अर्थात २०७७ साउन १ गते देखी २०७८ असार मसान्तसम १० लाख ४८ हजार ३ सय ५ रुप्या राजश्व संकलन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।यसै सन्दर्भमा खाद्य प्रबिधी तथा पोषण कार्यक्रम अन्तरगत थारु समुदाय लक्षित परम्परागत मासुजन्य परीकार घोगा,सुटही,पोर्क सेकुवा, गंगटा,गोटी कलेजो, सानो तथा ठुलो सिद्रा माछाको परम्परागत प्रबिधिको पहिचानगरी पोषणतत्वको बिश्लेषण गरी प्रोफाई तयार पारिएको र यी परिकारहरुको स्वच्छता र पोषणमा सुधार भई सुुदुरपश्चिमको खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको जनाइएको छ । यस्तै तेस्रो बिश्व खाद्य स्वच्छता दिवस २०२१ तथा १३ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७८ को अवसरमा सुदुरपश्चिम क्षेत्रमा कार्यरत कर्मचारी र खाद्य उद्योगहरुमध्ये उत्कृष्ट कार्य गर्नेलाई बिभागले पुरस्कृत गर्नेक्रममा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी मातहत बैतडी डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत कृष्ण दत्त लेखकलाई उत्कृष्ट कर्मचारी र धनगढी उपमहानगरपालीका ८ का हंस सोया पनिर उद्योगलाई उत्कृष्ट उद्योग छनौट गरी सञ्चालक मध्येका पुरन चौधरीलाई पुरस्कृत गरीएको जनाएको छ ।