धनगढी। बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १५३ नमूनाको परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना अस्पतालमा भर्ना भएका छन्। यस्तै ६ जना अस्पतालको आइसियुमा राखेर उपचार भैरहेको छ भने २ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमीत बिरामीको मृत्यु नभएको अस्पतालले जनाएको छ ।