दार्चुला। दार्चुलामा आज देखि जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिने भएको छ । दार्चुलामा ४५ वर्ष देखि ४९ वर्ष उमेर समुहका ब्यक्तीलाई लगाउनका लागि जोन्सन एण्ड जोन्सन खोप जिल्ला पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौवटै स्थानीय तहका विभिन्न स्वास्थ्यकेन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन खोप प्रदान गरिने बताइएको छ । यसका लागि कार्यायले मंगलबार जिल्लाका नौवटै स्थानीय तहमा जोन्सन एण्ड जोन्सन खोप पठाइसकेको बताइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टका अनुसार जिल्लाको महाकाली नगरपालिकामा १४३ डोज खोप पठाइएको छ भने व्यासँ गाउँपालिकामा ३२ डोज खोप उपलब्ध गराइएको छ ।
यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा ११० डोज दुुहुँ गाउँपालिकामा ८५ डोज मार्मा गाउँपालिकामा ११० डोज तथा अपि हिमाल गाउँपालिकामा ३५ डोज खोप पठाइएको खोप सुपर भाइजर भट्टले जानकारी दिए ।जिल्लाको लेकम गाउँपालिकामा ७० डोज नौगाड गाउँपालिकामा १२५ डोज तथा शैल्यशिखर नगरपालिकामा २१० डोज खोप पठाइएको छ । यो खोप लगाउनका लागि सुदुरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि ५ हजार डोज खोप उपलब्ध गराएको छ । जिल्लाका ९२ वटा खोप केन्द्रहरुबाट खोप कार्यक्रम संञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोभिड १९ विरुद्धको खोप लगाउन बाकी पुर्ण अशक्त अपांगता वर्ग क र ख भएका नागरीकहरु लगायत यस अघि लगाउन छुट भएका स्वास्थ्यकर्मी,सरसफाईकर्मीहरु ,सुरक्षाकर्मी तथा संञ्चारकर्मीहरुलाई खोप लगाइने सुपर भाइजर भट्टले बताउनु भयो । जोन्सन एण्ड जोन्सन खोप विशेषगरी उमेर समुहको हकमा उमेर खुल्ने आधिकारीक प्रमाण पत्र तथा सो नभएमा पालिका वडाबाट उमेर खुल्ने कागजात ल्याउनु पर्ने छ । विश्वविद्यालय र विद्यालयहरुको शिक्षक कर्मचारीको हकमा सम्बन्धित संस्थाको आधिकारीक परिचयपत्रको आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ ।
खोप अनिवार्य गरेका देशहरुमा जाने नेपाली नागरीकको हकमा पासपोर्ट र भिसाको आधारमा तथा अत्याआवश्यक सेवामा संग्लन ब्यक्ती कर्मचारीहरुको संस्थाको आधिकारीक परिचय पत्रको आधारमा खोप लगाइने कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति दार्चुलाले जनाएको छ । खोप समन्वय तथा अनुगमन समितिले अत्यावश्यक सेवामा संग्लन व्यतिm कर्मचारीहरुको हकमा सम्बन्धित निकायले कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिमा परिचय खुल्ने संस्थाको आधिकारीक परिचय पत्र सहितको सुचि पेश गर्ने सो प्रमाणित सुचि बमोजिम खोप प्रदान गर्ने जनाएको छ ।