धनगढी। जयपृथ्वीराजमार्ग अन्तरर्गत खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएको छ। सो सडकखण्डमा पहिरो जाँदा बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा सडक अवरुद्ध भएको हो। सडक तल पहिरो गएपछि आवतजावत ठप्प भएको खोड्पे प्रहरी चौकीका प्रहरी हवल्दार समिर चन्दले जानकारी दिए।
सडक तलबाट पहिरो गएकोले पुनः निर्माण गर्न अझै दुईतीन दिन लाग्ने उनले जानकारी दिएका छन्। सडकमा दुई पाङ्ग्रे बाहेक सबै सवारी साधनको आवतजावत ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन ।