धनगढी। बैतडी समाज कैलालीले धनगढीमा साउन २३ गते छैटौं बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान जीवनदान भन्ने नारा सहित बैतडी समाज कैलालीले यही साउन २३ गते बिहान ७ः३० बजे देखी धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। कार्यक्रमका संयोजक राजु चन्दले रक्तदान कार्यक्रम धनगढी स्थित बैतडी समाजको सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा हुने जानकारी दिदै रक्तदान कार्यक्रममा सहभागी भई सबैमा रक्तदान गर्न समेत आग्रह गरेका छन् ।
पछिल्लो समय धनगढीका स्वास्थ्य संस्थामा देखिएको रगत अभावलाई मध्येनजर गर्दै धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बैतडी समाज कैलाली संयोजक चन्दले जानकारी दिए। छैटौं बृहत रक्तदान कार्यक्रमको उद्धेश्य रगत नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने रहेको छ । यस अघिपनी बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजनाको साथै र बिभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको समाजले जनाएको छ।