धनगढी। धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटनामा परेको छ। धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो। २ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ हिँडेको चालकले बताएका छन्। उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको जनाएको छ । जीपलाई साइड दिने क्रममा ट्रक भिरबाट ४० मिटर तल खसेको जनाइएको छ र घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ।
धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुराको भालुमारेमा दुर्घटना
धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुराको भालुमारेमा दुर्घटना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु