धनगढी : ब्यवसायीक कृषी संगै औधोगिक बिकासका लागी धनगढीमा धनगढीमा सुर्योदय अग्र्यानिक कृर्षी उधोग सञ्चालन हुन लागेको छ । यहाँका युवाहरु जुटेर कृषी क्षेत्रमा सो लगानी गर्न लागेका हुन् । सो कृषी उधोग सञ्चालनका लागी आज सञ्चालक समिति गठन भएको छ । समितिको अध्यक्षमा शेर बहादूर (एस बी) महरा सर्वसम्मत चयन भएका छन् ।
समितिको उपाध्यक्षमा प्रेम बहादूर रजवार, सचिवमा प्रकाश खाती, कोषाध्यक्षमा बालकृष्ण प्रसाई, सह सचिवमा मिठ्ठु बहादूर कुँवर सर्बसम्मत चयन भएका हुन् । यस्तै सदस्यहरुमा सिता भट्राई, बम बहादूर बोगटी, पारश शाह, भुवन गिरि, शिव कुमार राना, बहादूर राना थारु, मिन बहादूर सिहं, कृष्ण चौधरी, देवेन्द्र सिहं, लक्ष्मण ओझा, रमेश शाह, कृष्णराज ओझा, कमल सिहं राना, लाल सिहं राना, खुशीराम चौधरी, जनक बोहरा, प्रेम महरा, दिनेश बम, किशोर भट्ट, भरत जोशी, दिनेश बिष्ट चयन भएका छन् ।
नेकपा एमाले कैलालीका प्रचार प्रसार बिभाग प्रमुख तथा सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष दुर्गा जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जोशीले अग्र्यानिक कृर्षी उधोग सञ्चालनमा केही आर्थिक सहयोग समेत गरेका छन् । जोशीले सबै युवा पुस्ता आफ्नै देशमा केह ीगर्नका लागी तयार हुनुपर्ने बताए । उनले भने ‘युवा पुस्ता बिदेशमा पसिना बगाउन दिन दिनै लाम लागेर गइरहेका छन्, नत राज्यले स्पस्ट नितिनै बनाउन सक्यो त्यस कारण युवाहरु आफैले केही गर्नका लागी जुट्नुपर्छ मेरो सहयोग पुर्ण रहने छ ।’
नव गठित सुर्योदय अग्र्यानिक कृर्षी उधोग सञ्चालक समिति अध्यक्ष शेर बहादूर महराले उधोग दर्ताको काम सकिएको बताए । सुदूरपश्चिममा केन्द्रिय कार्यालय राखेर यो उधोगलाई बिस्तारै प्रदेशभरी फैलाउने योजना रहेको उनले बताए । फरक फरक किसिमको कृषी फरक ठाउँमा गरेर यसलाई औधोगिकरण गर्ने योजना रहेको उनले बताए ।