कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् ।
बिहीबा विहान बालुवाटारमा गठबन्धनका नेताहरुसँगको छलफपछि देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने बुझिएको छ ।
काँग्रेसबाट मन्त्री हुने दौडमा देउवा पक्षबाट नेताहरु डा। नारायण खड्का, पुष्पा भुसाल, डा। डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा अगाडी आइरहेको छ ।
त्यस्तै, पौडेल पक्षबाबाट सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत लाइनमा छन् ।
उता सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको चर्चा छ ।
गगन थापालाई स्वास्थ्य मन्त्री बनाउनका लागि पार्टी भित्र तथा बाहिरबाटै कुरा उठे पनि काँग्रेसकै नेताहरुको समूहले थापालाई बाइपास गर्न लागेको बताइएको छ ।