धनगढी । विश्व भरी नै कोभिड १९ कोरोना भाईरसले विकराल रुप लिएसंगै नेपाल पनि त्यस बाट अछुतो रहन सकेन । छिमेकी मुलुक चिनको वुहान शहर बाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि धेरै नागरिकको ज्यान लिइरहेको छ । देशमा दिन प्रतिदिन कोरोनाका संक्रमितहरको संख्या बढ्दै गएपछि मैले सेती प्रादेसिक अस्पतालमा कोभिड अस्पतालका रुपमा संञ्चालनमा आएको कोभिड अस्पतालको आइसियु तथा वाड इन्चार्जको रुपमा काम गर्ने मौका पाए ।
कोभिडले विकराल रुपमा लिदै गएपनि थोरै जनसशक्ती तथा स्वास्थ्य उपकरणको अभाबका विच काम गनुपर्ने चुनौति एकातिर थियो भने अर्काे तिर कुनै पनि हालतमा विरामीको ज्यान बचाउनु थियो । पहिलो चरणको कोरोना महामारीमा विरामीको चाप एकदमै बढी हुन्थो र पहिलो चरणमा विरामीको चाप बढी भएपनि अक्सिजन प्रयाप्त हुदाँ हामीलाई काम गर्ने केहि सहज थियो । र त्यो परिस्थीतीमा पनि एक सेकेन्ड समय पनि हाम्रो लागी निकै महत्वपुर्ण रहेयो ।
पहिलो चरणको कोरोना भाइरस विस्तारै कम हुदै थियो त्यहि विचमा दोस्रो चरणको कोरोना भाइरसको दोस्रो भेरियन्ट देखा पर्यो । पहिलो चरणमा कोरोना भाइरसको क्रास समुदायमा बढी थियो भने संक्रमणदर र मुत्ुयुदर निकै कम थियो । तर दोस्रो चरणमा ठिक त्यसको उल्टो भयो । धेरै नागरिक लाई भाईरसका बारेमा थाहा भएपनि संक्रमण दर र मुत्युदर बढी भएकाले विरामीको उपचारमा कठिन हुदै गयो ।
मलाई लाग्छ सेताी प्रादेसिक अस्पताल धनगढीमा मात्रै नभई यो समस्या देश भरीका अस्पतालमा आयो होला । दोस्रो चरणमा विरामीले प्रयाप्त मात्रामा अक्सिजन नपाउँना मेरै आँखा अगाडी धेरैको अकालमा ज्यान गयो । विरामीमी आवश्यक पर्ने अक्सिजन नहुदाँ विरामीहरु आखाँ अगाडी नै छटपटाई रहदाँ पनि हाम्रो आँखाले टुलुटुलु हेरीरहनु बाहेक अन्य हामी संगै कुनै विकल्प थिएन् र पनि हाम्रो टीमले सकेसम्म उपचारमा ब्यवस्थापन गरेकै थिएम । हाम्रो मेहन्त र अर्थक प्रयासका बाबजुत पनि विरामीलाई बचाउन नसक्दा हामीलाई पनि एकदम पिडा हुन्थो ।
यस्तो अवस्थामा पनि हामीले हार नमानेर हाम्रो सम्पुर्ण टिमले राम्रो ब्यवस्थापन गरेकै कारण धेरै विरामीहरु निको भएर घर जाँदा त्यो दिन हामी लाई सवै भन्दा बढी खुशी पनि लाग्थ्यो । धनगढीको अत्धिक गर्मी त्यसै माथी १२ देखि २४ घण्टा सम्म पिपिइ लगाएर डिउटी गरिरहदाँ हाम्रो शरिर एकदमै थकित हुन्थ्यो र पनि हामीलाई विरामी तड्पिरहेको देख्दाँ त्यो थकान र भोक प्यासको पनि कुनै महशुस हुदैन थियो । म र मेरो टिमले आफ्नो जिम्मेवारी नविर्सिएर यस्तो महामारीमा सेवाभावले र आफ्नो नर्सिङ प्रोफेसनले नै अगाडी बढ्न पेरित गरिरहन्थ्यो ।
अन्तत सेती प्रादेसिक अस्पतालको सम्पुर्ण टिम, प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायको अथक प्रयासले सफलता पुर्वक दोस्रो चरणमा संक्रमणदर र मुत्युदर घटाउन सफल भएका छौ, र हामी अब आउँने भनिएको तेस्रो तेस्रो लहरको कोरोनामा भाइरस संग लड्न तयारी अवस्थामा नै रहने छौ । ।