काठमाडौँ, १२ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने बताइएको छ ।
मंगलबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर भागवण्डा मिलाउने वचन दिएपछि सो पक्ष सरकारमा सहभागी हुन लागेको बुझिएको छ ।
प्रचण्डले नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग भाग लगाइने भन्ने आश्वासन दिएको बताइएको छ ।
त्यस्तै, सो समूहलाई ४ वटा राजदूत समेत भाग लगाइएको बताइएको छ ।
प्रचण्डले आफूलाई नेता नेपालले आफ्नो पक्षबाट मन्त्री हुनेहरुको नाम पनि दिने भनेको बताए ।
यद्यपि नेपाल पक्षका नेताहरुले अहिलेसम्म सरकारमा जानेबारे केही खुलाएका छैनन् ।
एमाले एकताका लागि थप प्रयास गर्ने भनेको सो पक्षले सरकारमा जानु आफैँमा थप नयाँ तरंग हुनसक्छ ।