काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएको छ । काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्दै उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरा विरुद्धको मुद्दामा आज मंगलबार काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध उजुरी दिएकी थिईन् । उनीविरुद्ध त्यस्तो आरोपसहितको उजुरी परेपछि उनले २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।