धनगढी । पछिल्लो समय चर्चित बन्दै गएको डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा रहेको छहरा झरनामा सरसफाई गरिएको छ। जिल्लाको जोरायल गाउँपालिका–२ अवस्थित छहरा झरनामा नेपाल तरुण दलले मंगलबार सरसफाई गरेको हो। दैनिक आउने पर्यटकले केही फोहोर गरेकाले उक्त फोहर व्यवस्थापन गरी डस्टबिन राखिएको जोरायल स्पोर्ट्स क्लबका अध्यक्ष दिपजंग मल्लले बताए।
साथै उक्त स्थानमा महिलालाई कपडा परिवर्तन गर्न अस्थायी प्रतिक्षालय निर्णण गरिएको र वृक्षारोपण समेत गरिएको उनले बताए। पछिल्लो समय त्यहाँ दैनिक एक हजार पर्यटक भ्रमणका लागि आउने गरेका छन्। पछिल्लो समय डोटीको छहरा झर्नामा दैनिक ५ सय भन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
तराईको उखरमौलो गर्मी छल्न तराईका कैलाली र कञ्चनपुर जिल्ला बाट सवै भन्दा बढी पर्यटक जोरायल गाउँपालिका–२ अवस्थित छहरा झरनामा आउँने गरेको नेपाल तरुण दल जोरायल गाउँपालिका वडा नम्बर २ का तरुण दल अध्यक्ष रवि विक्रम मल्लले जानकारी दिए ।
उनले केहि समय यता झरनामा मान्छेको चाप बढेपछि छहरा झरना तिर्थ स्थल सरसफाइ तथा महिला दिदी बहिनीहरूलाई नुहाउनु भन्दा पहिले कपडा चेन्ज गर्न सुरक्षित डे«स चेन्ज गर्ने ठाउँ तयार पारिएको बताए ।