धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएको छ । तर पुल भने अँझै अधुरो छ । प्रदेशको अस्थाई राजधानी छेउमै रहेको यो पुल निर्माणका बारेमा स्थानिय तहका प्रमुख देखी मुख्यमन्त्रीलाई समेत राम्रोसंग थाहा छ, तर समयमै काम सम्पन्न गराउन कर्मचारी देखी नेताहरु समेत असफल बनेका छन् । कैलालीको धनगढी उप महानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्नका लागी ७ बर्षअघी पुल निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । तत्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पुलको सिलान्यास गरेका थिए । सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो । बर्षै प्रत्येक पुल निर्माणका लागी समय थपियो तर पुल निर्माण सकिएन । पुल निर्माण कार्य ठेकेदारले चरम लापरबाही गर्दै ७ बर्षसम्म सम्पन्न नगरेको भन्दै स्थानियहरु आक्रोसित छन् । ठेकेदारको लापरबाहीलाई हेर्दै कर्मचारी र नेताहरु समेत मुख दर्शक बनेको आरोप स्थानियले लगाएका छन् ।
‘दशकौं वर्ष पहिलेको यस क्षेत्रका स्थानीयको सपना पूरा हुनसकेको छैन,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ का तेजु रोकायाले भने ‘निर्माण कम्पनीको चरम लापर्बाहीका कारण पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ । ठेकेदारले सुरुवातमा स्थानीयले साथ नदिएको भन्दै आएका थिए । अहिले स्थानीयबाट पनि सहयोग भइरहेको छ । तर काम पूरा भएको छैन् ।’सडक डिभिजन कार्यालय भने काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न उदासिन देखिएको उनले बताए।
धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको राजघाटका स्थानीय बताउँछन् । स्थानियका अनुसार नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था छ । तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ ।
धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको राजघाटका स्थानीय दीपेश घर्तीले बताए । ‘मोहना नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था छ,’ उनले भने ‘तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ ।’
मोहना नदीमा निर्माणाधिन पुलको काम सम्पन्न नहुँदै सोही पुल प्रयोगविहीन हुने अवस्था सिर्जना भएको छ । नदीले राजघाट तर्फको जमिन कटान गरेपछि पुल भन्दा अगाडीबाट नदी बग्ने सम्भावना बढेको छ । दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ । उक्त भागमा तत्तकाल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना रहेको स्थानीय बताउँछन् । नदीले कटान गर्न सुुरु गरिसकेको छ । केही दिन वर्षा भएपछि नदीले राजघाट तर्फ अझै कटान गर्ने देखिएको छ । बाढीमा ७ मिटर कटान गर्ने वित्तिकै होचो ठाउँ आउछ । कटानको समस्या समाधान गर्न नसके पुल वारी र नदी पारी हुने सम्भावना रहेको स्थानियले बताएका छन् ।
दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ । उक्त भागमा तत्तकाल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना रहेको स्थानीय राजबहदुर खड्काले बताए ।
धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई एक सय २० मिटर मात्रै रहेको छ । निर्माण कम्पनी एलाइड एडभेञ्चरले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाईमा ग्रावेल मात्रै हाल्ने जनाएको छ । ८ करोड ४२ लाखमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नु पर्ने देखिएको छ । निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले जानकारी दिए । उनका अनुसार ग्रावेल र रेलिङको काम मात्रै बाँकी रहेको छ, नदी कटान रोक्नका लागि केही समयमै काम सुरु गर्ने योजना छ । नदी कटान रोक्नका लागि स्थानीय तहले पनि आफ्नो क्षेत्रबाट लाग्नु पर्ने माग गरिएको छ ।