कञ्चनपुर। कञ्चनपुरमा बाढीले धान र उखु बालीमा क्षति पुर्याएको छ । कञ्चनपुरको दोदा नदीमा आएको बाढीले जग्गा कटान गर्दा उखु र धानबाली क्षति पुगेको जनाइएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा नदीले कटान गरेको स्थानियले जानकारी दिएका छन् । कटानलाई रोक्न तत्काल तटबन्धन नगरे बस्ती नै जोखिममा पर्ने स्थानीय मंगलप्रसाद चौधरीको भनाई छ।
नदीले २ दिनको अवधीमा मात्रै १ बिघा भन्दा बढी जग्गामा लगाएको धान तथा उखु नष्ट गरेको जानकारी दिए । उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पु¥याएको जनाइएको छ ।