धनगढी । नेपाली कांग्रेस को १४ औ महाधिवेशन नजिकिदैं जाँदा केन्द्रिय, प्रदेश र जिल्ला तहमा मात्रै नभई वडा स्तरमा पनि उम्मेदवारहरुको चर्चा शुरु भएको छ । त्यस्तै धनगढी उप–माहानगरपालीका तरुण दलका नगर उपसभापती तथा वडा नम्बर १२ तरुण दलका सभापति युवा नेता डबल बहादुर थापाले वडा सभापतिमा उम्मेदवाारी दिने चर्चा चलेको छ ।
उनले उम्मेदवारी दिने चर्चा चले सँगै अरु ३, ४ जनाले पनि उम्मेदवारी दिने भएका छन् । लामो समय देखि नेपाली काँग्रेसमा सक्रिय भएर लागेका थापा आफु वडा सभापति हुनेमा ढुक्क छन् । विगत लामो समय देखि समाज सेवामा सक्रिय रहदै नेपाली कांग्रेस निकट तरुण दलका वडा उपसभापती थापाले नेपाली कांग्रेसको १४ महाधिवेशनमा वडा सभापतिका लागी उम्मेदवारी दिने बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लवका अध्यक्ष र कैलाली जिल्ला फुटबल संघको कोषाध्यक्ष पदमा रहि काम गदै आएका थापा वडा नम्बर १२ मा मात्रै नभई धनगढी उपमहानगरपालिकामा भरी नै परिचित ब्यक्ति हुन् । खेल क्षेत्र र समाज सेवा संगै थापा युवा ब्यवसायी पनि भएका कारण उनले राजनितीलाई ब्यवसायका रुपमा नभई जनताको सेवाका रुपमा आफुले काम गर्ने बताएका छन् ।
पछिल्लो समय राजनीतीमा युवाहरुको खाँचो बढ्दै गएका कारण आफुले पनि स्वभाविक रुपमा वडास्तर बाट नै राजनीती लाई अगाडी बढाउँने सोच अनुरुप वडा सभापतिमा दावी गरेको थापाको भनाई छ ।