कविताः त्यो रहर !
उर्जावान समकालीन उर्वर नशा बेग्लै
भौतारिने मन चंगा जस्तै हिड्नुपर्ने एक्लै
त्यो साँझ भीरमा असंख्य थिए चरी
खै अन्जान सञ्चार गर्थे गाथा सरी।
अस्तित्व र खोजमुलक बडेमानको मेला
जुनीभरि बाँझिएको उहि कोरा बेला
विवशताले रंगिएको काल्पनिक लक्ष
मिरमिरेमा यात्रुसरी यावतको पक्ष।
कैयौं अन्तरालमा उठी हेर्थे पुञ्ज तारा
चुल्हो चौको ओछ्यान सुकुल थियो पारा
बस्तुभाउ चर्दैगर्ने बिउँझेको परानी
जाग्दैगर्थ्यो इच्छाशक्ति नबन्ने खरानी।
अबेर हैन उठ्नैपर्ने मनको बिगुल सितै
कसो गरि पला बित्ने ब्याकुल मन त तितै
शुन्यताले बाटो किनार थलीरुपी प्रहर
कुर्वानीको स्तुति झैं प्रस्फुटित त्यो रहर।