धनगढी। धनगढी स्थीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट थप ४३ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । बुधबार अस्पतालको प्रयोगशालामा १२२ नमुना परिक्षण गरिएकोमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्पतालका सुुचना अधिकारी दिलीप कु्मार श्रेष्ठले जानकारी दिएका छन् । यस्तै उनका अनुसार ७९ जनाको रिर्पोट नेगेटिभ आएको आएको छ ।
अस्पतालमा हाल १८ जना कोरोना संक्रमित बिरामी उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा २ जना निको भई घर फकिएकोमा थप ३ जना नयाँ संक्रमित उपचारकालागी अस्पतालमा भर्ना भएका छन् । भने २ जना आइसीयुमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।