धनगढी। मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ९७ जनाको नमुना परिक्षण गर्दा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै, उनका अनुसार मंगलबार प्रयोगशालामा गरिएको परिक्षणमा ५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ देखीएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १७ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ। जसमध्ये १ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जना बिरामी निको भई घर फर्किएकोमा थप ५ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् । अहिले अस्पतालको भेन्टीलेटरमा कुनै पनी कोरोना संक्रमितका बिरामी छैनन् । भने पछिल्लो २४ घण्टामा कुनैपनी संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।