धनगढी। कैलालीको घोडाघोडी नगरपालीकाको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा स्थानीयले वडाध्यक्ष दानसिंह जोगीको कार्यकक्षमा ताला लगाइएको हो । वडा अध्यक्ष दान सिँह जोगि विरुद्ध नाराबाजीमा उत्रिदै सोमबार स्थानियले वडा कार्यालय घेराउ सँगै उनको कार्यकक्षमा तालाबन्दि गरेका हुन्।
वडा अध्यक्षले मनोमानी तरीकाले काम गरेको भन्दै वडा न ११ शिशैया स्थित दशरथ प्राथमिक विद्यालयमा नगरपालीकाको अनुमति विना तथा वडामा कसैको सल्लाह नै नलिइकन पहलमानपुरमा रहेको पहलमानपुर मेमोरियल प्राविधिक विद्यालय सञ्चालनकालागि अनुमति दिइएको भन्दै तालाबन्दि गरिएको आन्दोलित स्थानियका एक अगुवा टि आर कठरियाले जानकारी दिए ।
कुनै पनि ठाउँमा प्राविधिक विद्यालय आउनु खुशिको कुरा भएपनि त्यस्को लागि प्रक्रिया नपुरयाइ एकल निर्णय गर्नु गलत भएको आन्दोलित स्थानियले बताएका छन । उनीहरुले प्राविधिक विद्यालय सञ्चालनका लागि सवै सँग छलफल गर्नुपर्ने , प्राविधिक विद्यालय सञ्चालन समतिमा स्थानियहरुको सहभागिता गराइनुपर्ने , शिशैयाका विद्यार्थिहरुलाइ निशुल्क प्राविधिक शिक्षालयमा अध्यन गराइनुपर्ने लगायतका माग गरेका छन ।