कञ्चनपुर। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण सुरु भएको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण सुरु गरेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्यलाई अगाडि बढाएको छ । कम्पनीका अनुसार हाल निर्माण सुरु भएको अवस्था छ भने केही फाउन्डेसनको काम सकिएको छ । “निर्माण गरिन लागेको होल्डिङ सेन्टरको १० वटा भवनको फाउन्डेसनको काम सकिएको अवस्था छ, यस्तै गरेर स्टिल स्टकचरको काम पनि सम्पन्न भएको छ ।” हनुमान कन्ट्रक्सन पा्रलिका साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने, “यसैगरी निमार्णको अन्य काम पनि भइरहेको अवस्था छ, तथापि दुई महिना भित्र होल्डिङ सेन्टरको निर्माण कार्य सक्ने लक्ष कम्पनीको रहेको छ ।”
दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने समयावधि भए पनि वर्षाका कारण निर्माण कार्य प्रभावित भए पनि होल्डिङ सेन्टरको ९० देखि ९५ प्रतिशत काम भने समयावधि भित्रै सम्पन्न गर्ने योजना ठेकेदार कम्पनीको रहेको छ । दिउँसो वर्षा भएको दिन राति तथा राति वर्षा भएको दिन दिउँसोको समयमा भए पनि निर्माण कार्यलाई भने प्राथमिकता दिएर क्मपनीले निर्माण कार्य गरिरहेको सापकोटाले बताए । सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले ३ करोड रुपैया भने भुक्तानी लिएको अवस्था छ । होल्डिङ सेन्टर निर्माणका लागि तिन बिगाहा जमिन आवश्यकता पर्ने भएको भएपनि यसअघि निर्माण कम्पनीलाई करिब डेढ विगाहा जमिन मात्रै उपलब्धता भएको अवस्था थियो।
तर, पछिल्लो दिनमा भने जमिनको उपलब्धता पछि जमिनको समस्या नभएका कारण निमार्ण कार्य तीव्र गतिमा भैरहेको निमार्ण कम्पनीले जनाएको छ । “तीन बिगाहा क्षेत्रफलमा निमार्ण हुने स्थायी होल्डिङ सेन्टरको २२ वटा अलग अलग ब्लग निर्माण हुनेछन् । प्रत्येक ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण हुनेछ ।” साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने,। अहिलेको कोरोना महामारीको प्रभावलाई मध्यनजर गरेर नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल/आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा २ ठाउँमा संरचना बनाउने निमार्ण गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निमार्ण भैरहेको हो । यस्तै होल्डिङ सेन्टरको निमार्णमा १ सय ६० जना कामदारले काम गरिरहेका छन् ।