धनगढी। सेती प्रयोगशालामा कोरोना परिक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा १४ जनामा कोरोना रिपोर्ट पोजेटिभ र ८० जनाको रिपोर्ट निगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा १७ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्।
जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत छन्। भने, ८ जनाको अक्सिजनको सर्पोटरमा उपचार भईरहेको छ । यस्तै ७ जनाको अवस्था भने सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप २ बिरामी अस्पतालमा भर्ना भएका छन्। पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।