धनगढी। धनगढी उपमहानगरपालीका १६ स्थीत बेहडाबाबा मन्दीरमा ऐतिहासिक महारुद्रि तथा महामृत्युञ्जय अनुष्ठान आयोजना गरिने भएकोे छ । धनगढी उपमहानगरपालिकाको प्रबद्र्धक तथा बेहडाबाबा मन्दिर ब्यबस्थापन सेवा समितिको आयोजनामा साउन १ गते देखी ३२ गतेसम्म ऐतिहासिक महारुद्रि तथा महामृत्युञ्जय अनुष्ठान, पञ्चमवेद महाभारत प्रवचन एवं विश्वकल्याण श्रङ्गारिक महाआरतीको आयोजना गरिने पत्रकार सम्बेलन मार्फत जानकारी गराइएको हो । कोरोना माहामारीको शान्तिको कामना सहित बेहडाबाबाको पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्य रहेको छ ।कोरोनाको सुरक्षा अपनाउदै सिमीत दर्शनार्थीलाई सहभागी गराउने आयोजक बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितीले जनाएको छ । आयोजक बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितीले सोमबार र शनिवारका दिन क्याम्पसरोड देखी निशुल्क एक, दुई ओटा बसको ब्यवस्था पनी गरिएको जानकारी दिएको छ । ऐतिहासिक महारुद्रि सञ्चालन गर्नका लागी धनगढी उपमहानगरपालीकाको ठुलो सहयोग रहेको आयोजक बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितीका सचिब पदम राज जोशीले जानकारी दिए ।
१ महिनासम्म सञ्चालन हुने पञ्चमवेद महाभारत प्रवचन एवं विश्वकल्याण श्रङ्गारिक महाआरतीमा दैनिक बिहान ५ बजे देखी ६ बजेसम्म सन्ध्योपासन तथा योगाभ्यास, दैनिक बिहान ६ देखी ८ बजेसम्म विद्धान ब्राह्मणद्धारा वैदिक पुजन तथा नमकचमक रुद्राभिषेक, यस्ते दैनिक बिहान ९ देखी दिउँसो १२ बजेसम्म महाभारतको मूलपाठ पारायण एवं महामृत्युञ्जय जप हुनेछ । यस्तै दिउँसो १ बजे देखी बेलुका ५ बजेसम्म दैनिक संगीतमय महाभारतको प्रवचन तथा बेलुका साढे ५ देखी साढे ६ बजेसम्म बिशेष विश्वकल्याणकारी श्रृङ्गारिक एवं संगीतमय महाआरती हुनेछ । यस्तै धनगढी उपमहानगरपालीकाका प्रमुख नृप बहादुर वडले बेहडाबाबालाई शक्तीपिठ, पर्यटकीय तथा धार्मिक स्थलको रुपमा प्रदेशकै गौरवको आयोजनाको रुपमा लिइएको बताएका छन् । धनगढी उपमहानगरपालीकाले पनी बेहडाबाबाधामलाई पहिलो गौरबको योजनामा राखेको बताउँदै हजारौँ, लाखौँ पर्यटक तथा भक्तालुहरु दर्शन गर्न आइरहेको जानकारी दिए । महारुद्री सञ्चालनका लागी ३ लाख धनगढी उपमहानगरपालीकाले बिनीयोजन गरेको र बेहडाबाबालाई धार्मिक, पर्यटक र बिश्वब्यापी रुपमा चिनाउन उपमहानगरपालीको साथ सहयोग रहेको नगरप्रमुख वडले जानकारी दिए ।
विश्वब्यापी कोभिड १९ को माहामारीको शान्ती । नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउन, समाजमा वैदिक सनातन हिन्दु धर्मको बास्तबिक ब्याख्या गर्न, प्रलोभनमा पारेर या जुनसुकै परिस्थीती तथा धर्म परिवर्तन गराउनेलाई खवरदारी गर्र्न,धेरैजसो केही पुराणहरुकोमात्रै अधिक अनुष्ठान हुने देखीएकाले एक, दुई पुराणको मात्र आराधाना नभै पञ्चमवेद इतिहासादिको पनी अनुष्ठान हुनुपर्छ भन्ने संकल्प र केवल धनलोभमा वा भौतिक सुखमा मात्रै अनुष्ठान गर्ने संकिर्ण भावनालाई बहिस्कृत गरी सिद्धपीठहरुमा भगवत ्शक्तिलाई उजागर गर्न, पृथक पृथक अनुष्ठान गरिनुपर्छ भन्ने संकल्प रहेको कथा वाचक आचार्य श्रीसत्यराज अवस्थीले जानकारी दिए । कोरोनाको सुरक्षा अपनाउदै पञ्चमवेद महाभारत प्रवचन ११ जना ब्राह्मणबाट हुने जानकारी दिएका छन् ।