धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर ८ वस्ने युवा ब्यवसायी तथा सुप मिडिया हाउस धनगढीका अध्यक्ष पुर्ण प्रसाद खनालले बिरामीलाई आर्थिक सहयोग गरेका छन् । संयोगले परेको जन्मोत्सबको अवसरमा बिरामी भई धनगढीको सेती प्रादेशिक अस्पतालमा दृष्ट्रि फाउण्डेसनको सहयोगमा उपचार गदै आएका २ जना महिलालाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उदेश्यले १० हजार एक सय ५ रुपैया सहयोग गरेका हुन् ।
त्यस्ता कयौँ संस्था वा निकाय छन् जसले निस्वार्थ नागरिकको सेवाका लागि अहोरात्र खटिरहेका छन् । त्यस्तै सेवामा लागि परेको दृष्टी फाउन्डेसनको सहयोगमा उपचाररत महिला बिरामीलाई खनालले सहयोग गरेका हुन् । सहयोग गर्दै उनले मानसिक सन्तुलन गुमाएकी ति बिरामीको उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् । उनले भने, मानवियताको साथी मानव स्वयमं आफै हो ।
आजको सहयोगले उपचारत महिलाहरु लाई ओषधी उपचारमा सहयोग पुग्ने उनको भनाई छ । युवा ब्यवसायी तथा समाज सेवी खनालले नेपालमा कोभिड १९ का कारण २ पटक भएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग लाई समस्या भएपछि सहयोग गरेका थिए । धनगढीमा रहेको दृष्ट्रि फाउण्डेसनमा रहेका ४५ जना वेसारा महिला तथा वालवालिका लाई विभिन्न संघ संस्थाले सहयोग गदै आएका छन् ।