धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर ८ वस्ने युवा ब्यवसायी तथा सुप मिडिया हाउस धनगढीका अध्यक्ष पुर्ण प्रसाद खनालले आफनो जन्मदिनको अवसरमा धनगढीमा रहेको दृष्ट्रि फाउण्डेसनमा आर्थिक सहयोग गरेका छन् । खनालले जन्मोत्सबको अवसरमा विरामी भई धनगढीको सेती प्रादेसिक अस्पतालमा दृष्ट्रि फाउण्डेसनको सहयोगमा उपचार गदै आएका २ जना महिलालाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उदेश्यले १० हजार एक सय ५ रुपैया सहयोग गरेको गरेका हुन् ।
जन्म दिनमा अनावश्कय खर्च गर्नुको सट्टा दुष्ट्रि फाण्डेसनमा सहयोग गरेको खनालले जानकारी दिए । उनले फाउण्डेसनले गरेको प्रसंसनिय कामलाई सहयोग पुगोस् भन्ने उदेश्यले आफुले सधै सहयोग गदै आएको बताए ।
खनालले बेसाहारा नागरिक लाई सहारा दिने उदेश्यले दृष्ट्रि फाउण्डेसनमा संञ्चालनमा आएदेखि अहिले सम्म केहि आर्थिक तथा खाध्यन र लताकपडा गरी ५ पटक सहयोग गरिसकेका छन् । युवा ब्यवसायी तथा सुप मिडिया हाउस धनगढीका अध्यक्ष पुर्ण प्रसाद खनालले सेती प्रादेसिक अस्पतालमा उपचार गराउँदै आएका २ जना महिला लाई अस्पताल परिषदमै आएर १० हजार आर्थिक सहयोग गरेको दृष्ट्रि फाउण्डेसन कैलालीकी अध्यक्ष कलपना भट्टले बताईन् । उनले पुर्ण प्रसाद खनालेको सहयोग र साथ सधै फाउण्डेसन लाई रहेको बताइन् ।
आजको सहयोगले उपचारत महिलाहरु लाई ओषधी उपचारमा सहयोग पुग्ने उनको भनाई छ । युवा ब्यवसायी तथा समाज सेवी खनालले नेपालमा कोभिड १९ का कारण २ पटक भएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग लाई समस्या भएपछि सहयोग गरेका थिए । धनगढीमा रहेको दृष्ट्रि फाउण्डेसनमा रहेका ४५ जना वेसारा महिला तथा वालवालिका लाई विभिन्न संघ संस्थाले सहयोग गदै आएका छन् ।