निर्मल रैका, धनगढी। कैलारी र गौरीगंगाका महिला स्वास्थ्य स्वयंसेविका,विपन्न गर्भवती,सुत्केरी महिलालाई पोषणयुक्त खाद्यन्न र स्वास्थ्य सामाग्री बितरण गरिएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानव जीवन तहसनहस बनाएको अवस्था र निरन्तर जारी लकडाउनका कारण महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती,सुत्केरी महिलाहरु, गरिब तथा बिपन्न परिवारलाई प्रत्यक्ष प्रभाव परिरहेको भन्दै कोभिड जोखिम व्यवस्थापनकालागि पोषणयुक्त खाद्यन्न सामाग्री तथा स्वास्थ्य तथा सरसफाई सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका बिच महिला अधिकार मंच नेपाल र डि.सी.ए.को सहयोगमा कैलालीको कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विपन्न गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषणयुक्त खाद्यन्न सामाग्री तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोभिड जोखिम व्यवस्थापनकालागि स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री हस्तन्तरण गरिएको दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताईन् । दलित महिला अधिकार मंच नेपाल र डि.सी.ए.को सहयोगमा संचालित आधार परियोजना अन्र्तगत कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका गर्भवती तथा सुत्केरी महिलाहरु समस्यामा परेपछि उनीहरुलाई सहयोग गरिएको दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताईन्।
कोरोना जोखिम रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि कोभिड स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री समेत हस्तान्तरण गरिएको भनीन्। संस्थाले कैलारी गाउँपालिकाका ७१ र गौरीगंगा नगरपालिकाका १०० गरी जम्मा १७१ जना अति विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हर्लिक्स १७१ पिस,चना १७१ किलो,आलमोण्ड १७१ किलो,स्याम्पु १७१ पिस,थर्मोमिटर १७१ पिस,सेनिटाईजर ५०० एमएलको १७१ पिस,सुजी १७१ किलो,राजमा १७१ किलो,सोयाबिन १७१ प्याकेट,अरहर दाल १७१ किलो, क्यालेण्डर ३४२ पिस,पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १७१ पिस हस्तान्तरण गरिएको छ ।
भने त्यसैगरी संस्थाले कैलारी गाउँपालिकाका ७४ जना र गौरीगंगा नगरपालिकाका ३२ जना गरि जम्मा १०६ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि सेनिटाईजर १०६ पिस,माक्स १०६ प्याकेट,ग्लोब्स १०६ प्याकेट,थर्मलगन १०६ प्याकेट,सेनिटरी प्याड १०६ प्याकेट,टर्चलाईट १०६ पिस, क्यालेण्डर २१२ पिस,पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १०६ पिस स्वास्थ्य र सरसफाई सामाग्री हस्तान्तरण गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी दिए। एक कार्यक्रमका कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधीहरु र स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको रोहबरमा संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।