कञ्चनपुर। कञ्चनपुरमा हतियार सहित नेपाल प्रवेश गरी भारतिय डाकाँहरूले लुटेका १२ भैंसी सुरक्षाकर्मीले फेला पारेका छन् । कञ्चनपुरको दक्षिणि भेग बेलडाँडि गाउँपालिका ५ झिलमिलाको किसान मध्यवर्ति सामुदायिक वन क्षेत्रबाट दिउँसै हतियार सहित आएका भारतिय डाकाँहरूको समुहले लुटेर लगेका १२ भैंसी प्रहरी र सशस्त्र प्रहरीले रातभर खोजतलास गरि फेला पारेको छ । भने एक राँगा अझै फेला परेको छैन् । लुटिएको सुचना पाउना साथ ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सई राम सिह बोहरा र सशस्त्र प्रहरी वर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको टोलिले रातभरको खोजतलास पछि सिमा क्षेत्रकै शारदा नदिको विच टापुबाट बाधिएको अवस्थामा फेला पारेर ल्याईएको ई.प्र.का.बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कठायतले जानकारी दिए ।
उनका अनुसार रातिनै भारतिय SSB र त्यहाका प्रधान संगको समन्वयमा खोजि गरि शारदा नदिको टापु क्षेत्रबाट फेला पारी शनिबार दिउसो १२ बजे तिर ल्याएर भैंसी मालिकलाई बुझाएको बताए ।झ उनले भने “सशस्त्र प्रहरी र हामिले धेरै खोजि गर्यो तर एक रागाँँ भने फेला पार्न सकेनौ त्यसका लागि समेत भारतिय सुरक्षाकर्मि संग समन्वय गरि खोजिने बताए ।” शुक्रबार दिउसै चरनका लागि नजिकैको सामुदायिक वन क्षेत्रमा हतियार सहित आएका ७/८ जना भारतिय डाकाँहरूको एक समुहले एक हेरलालाई बाँधि र अन्यलाई धम्काई भैंसी लुटेर लगेका थिए । यसरी सिमा क्षेत्रका बस्तिमै हतियार आई भारतिय डाकाँहरूले चोरी गर्नुका साथै त्रसाउन थाले पछि बेलडाँडीको झिलमिला, बैबाहा सिमा क्षेत्रका स्थानिय निकै त्रसित बनेका छन् ।