धनगढी : वर्ड भिजनको सहयोगमा दिगो बिकास समाज कैलालीले कैलालीको घोडाघोडी नगरपालिकाका किसानहरुलाई कृषी सामग्री सहयोग गरेको छ । कृषी पेषामा लागेका किसानहरुलाई बिगतमा तालिम दिउको संस्थाले उनिहरुलाई कृषी सामग्रीपनि उपलब्ध गराएको हो । शुक्रबार एक कार्यक्रमका बिच सुख्खडमा किसानहरुलाई बिभिन्न कृर्षी सामग्री सहयोग गरिएको हो । सो क्षेत्रका किसानहरुलाई छनौट गरी ५ लाख ८४ हजार ८ सय २७ रुपयाँ बराबरको कृषी सामग्री सहयोग गरेको दिगो बिकास समाजका जिबिकोपार्जन परियोजना अधिकृत प्रभु ढकालले जानकारी दिए ।
प्लास्टिक टनेल, आइरन पाइप, स्प्रे ट्याकंी, क्रेट, हजारी, मल्चिङ, च्याउका लागि पराल उमाल्ने ड्रम, तराजु, पोलि ब्याग, थोपा सिचाइ र गार्डेन पाइप उपलब्ध गरेको ढकालले बताए । वल्ड भिजन नेपालको सहयोगमा सञ्चालित संस्थाले जिबिकोपार्जन परियोजना अन्तर्गत काम गर्ने गरेको उनले बताए । कोरोना कहरका कारण प्रभावित भएका किसानहरुलाइए लक्षित गर्दै कृषी सामग्री वितरण गरिएको र अँझै कोरोनाकै कारण प्रभावित परेकाहरुलाई खाद्यान्न समेत वितरण गरिने उनले बताएका छन् ।