धनगढी। धनगढी ३ चटकपुरमा रहेको मायामेट्रो अस्पतालले एक जना बिरामीको निशुल्क अप्रेसन गरेको छ । आर्थिक अवस्था निकै कमजोर भएका बिरामीको अप्रेसन निशुल्क भएपछि बिरामी र बिरामीका आफन्त निकै सुखी भएका छन् । कञ्चनपुर भिमदत्त नगरपालीका वडा नम्बर १० जिमुवाका अजब सार्किको मायामेट्रो अस्पतालले एपेण्डीसाईटको दुरबिन बिधी मार्फत निशुल्क अप्रेसन गरेको हो। कञ्चनपुर भिमदत्तनगरपालीका १० नजिमुवामा बस्दै आएका सार्किको आफ्नै घर छैन । त्यसैमा परिवारको आर्थिक अवस्था कमजोर भएकाले अर्कोको खेतबारी अधिया बनाएर जिवीको पार्जन गर्नुपर्ने अवस्था छ । अर्को तिर परिवारमा कमाउने कोही नहुँदा दैनिकी चलाउन नै समस्या छ परिवारमा ।
यसै अवस्थामा १८ बर्षिय अजब सार्किलाई एक्कासी पेट धेरै दुख्यो । अब उपचारका लागी अस्पताल जानैपर्ने बाध्यता भयो सार्की र सार्की परिवारलाई । आर्थिक अवस्था कमजोर भएका कारण चेकजाँच गर्न कहाँ जाने के गर्ने भन्ने चिन्ता थपियो परिवारमा । आर्थिक अवस्था कमजोर त्यस्मा खर्च हुने भन्दै नजिकैको अस्पतालमा जानुपर्छ भन्ने सोच आयो टाढा किन जानु बढी खर्च हुन्छ भनेर । पहिला नजिकैका अस्पतालमा जान धनगढीका अस्पतालमा जाने सोच बनाए उनका परिवारले । परिवार र आफन्तको समन्वयमा बिरामी, उनका हजुरवुवा र उनका दाई फुपुका छोरा सहित धनगढीको मायामेट्रो अस्पतालमा आए । बिरामी अजब सार्की, उनका हजुरबुवा बिरुवा सार्की र उनका दाई निर्मल सिँह एस के असार १९ गते उपचारका लागी मायामेट्रो अस्पतालमा अजबलाई भर्ना गराए । बिरामीको उपचारका क्रममा एपेण्डीसाईट देखीएकाले अप्रेसन गर्नुपर्ने भयो।
आर्थिक अवस्था दैनिय र कमजोर भएका कारण सार्किको उपचार गर्न समस्या हुने थियो । तर मायामेट्रो अस्पतालले आर्थिक अवस्था दैनिय र कमजोर भएका कारण निशुल्क अप्रेसन गरीदिने भएपछि खुसी लागेको बिरामीका दाई निर्मल सिँह एस के ले भने । दुरबिन बिधीबाट ५५ हजार मुल्य बराबरको निशुल्क सफल अप्रेसन गरिएको छ, खुसी लाग्यो उनले भने । अप्रेसनपछि बिहीवार उनको डिस्चार्ज गरिएको छ । बिरामीका दाई निर्मल सिँह एस केले भने अस्पताल ब्यवस्थापन, अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद लगायत डाक्टरहरुको साथ सहयोगले नै निशुल्क अप्रेसन भएको छ । उनले सुखी ब्यक्त गर्दै कही नभएको निशुल्क अप्रेसन यहाँ मात्रै हुँदो रहेछ । सफल अप्रेसन भयो त्यसैमा हामीलाई खुसी लागेको छ, उनले भने । घरपरिवारको आर्थिक अवस्था कमजोर छ ।
सार्कीको उपचार गराउन निकै समस्या पर्ने थियो । मायामेट्रो अस्पतालले ५५ हजार मुल्य बराबरको उपचार तथा अप्रेसन निशुल्क गरिएपछि उनलाई सहज छ उनले जानकारी दिए । उनले भने यस्तो बिरामीको उपचार गरिदिनु भयो जो दैनिय अवस्था र आर्थिक अवस्था कमजोर भएको बिरामीको उपचार निशुल्क गरिदिएको छ । यस्बाट के हुन्छ भने निजी क्षेत्रको अस्पतालले पनी निशुल्क सेवाको भावना छ भन्ने बिश्वास लागेको छ उनले भने । निजी अस्पतालसंग पनी आवस्यक स्वास्थ्य उपचार सेवा सुबिधा रहेको भन्दै अन्य अस्पताललेपनीन हुन जरुरी नियमछ । यस्ता कयौँ बिरामी आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न नपाएकालाई अस्पतालबाट निशुल्क सेवा लिन पाउँन भन्ने भनाई छ, उनले भने । यस्तै अजबका हजुरबुवा बिरूवा सार्कीले पैसा नभएर नातीको उपचार गर्न नसकिरहेका बेला अस्पतालले निःशुल्क उपचार गरेर आफ्नो नातीलाई बचाएको भन्दै खुशी व्यक्त गरेका छन् । अस्पताललाई उनले धन्यवाद दिएका छन् ।यसअघि पनि माया मेट्रो अस्पतालले थुप्रै असहाय,बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क अप्रेसन तथा उपचार गरिसकेको छ । सार्कीको उपचारका लागि गरेको आग्रह सहर्ष स्वीकार गर्दै माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले अस्पतालले निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता गरेका थिए ।