काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ। बुधबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पनि कार्यदलले छलफललाई निरन्तरता दिन लागेको हो । कार्यदलका एक सदस्यकाअनुसार बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक बस्दै छ।
ती सदस्यले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला भए पनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयास रहेको भन्दै हल्लाको कुनै अर्थ नरहेको उनले स्पष्ट पारे। ‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ’ उनले भने ।