गर्मी शुरु संगै तराइका जिल्लाहरुमा अघोषित लोडसेडिङले हाम नागरिक हैरान बनेपछि अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तीकारीले बिधुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ध्यानाकर्षण गराएको छ । क्रान्तीकारीले प्रदेश कार्यालयमै गई प्रदेश प्रमुख जगदिशचन्द्र जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । प्रदेश कार्यबाहक संयोजक दिपक डि सि सहितको टोलीले प्राधिकरण प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको हो । कैलाली कञ्चनपुरमा गर्मीले सताइरहेका बेला बिधुत अघोषित लोडसेडिङ हुन थालेपछि प्रादेशिक प्रमुखको ध्यानाकर्षण गराउनुपरेको अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य डम्बर भट्राइले बताए । प्रदेश प्रमुख जोशीलेपनि समस्या समाधानमा प्राधिकरण केन्द्रित भएको र चाँडै समाधान हुने आश्वासन दिएको उनले बताए ।