धनगढी स्थित बागेश्वरी अटोमोटिभ्सले टीभीएस एनटर्क १२५ को नयाँ मोडल सुपरस्क्वाड स्कुटरको बिक्रि शुरु गरेको छ । केही समयअघी नेपालमा सार्वजनिक भएको सो स्कुटर आजदेखी धनगढीमापनि बिक्रि शुरु गरिएको हो । मार्भल्स अभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड नेपालमा सबैभन्दा बढी रुचाइएको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले बताए । टीभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करणको बिक्रि शुरु भएको हो । जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।
सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लुमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।
बगेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले यो स्कुटर आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण आकर्षण गरिरहेको बताए । उनले मार्भल युनिभर्सप्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेसनका ग्राहकहरुका लागि उनीहरुको खुसीलाई अझै बढाउने सुपर स्क्वाड संस्करण ल्याएको बताए । सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पिडोमिटर मुनि राखिएको छ ।
ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रबको साथ जेट ब्ल्याक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सुटका तत्वहरू छन् । टीभीएसको यो स्कुटरको मूल्य पहिले नै घोषणा गरिएको छ । यसको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ छ ।