धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९५ नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको र ७४ जनामा कोरोना रिपोर्ट नेगेटिभ देखीएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका २ कैलालीका १८ र अन्य जिल्लाका १ गरी २१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । यस्तै, हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् । ३ जना आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।