धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले पुन कार्यभार सम्हालेका छन्।सर्बोच्च अदालतले पुन बहाली गर्न आदेश दिएसंगै उनले आजवाट पुन कार्यभार सम्हालेका हुन् । माओवादी केन्द्रबाट निर्वाचित उनी एमालेमा प्रवेश गरेको भन्दै पद गुमेको थिए ।
गोदावरी नगरपालिका प्रबक्ता समेत रहेका उनले पद गुगेपछि सर्बोच्चमा रिट निबेदन दिएका थिए । गत शुक्रवार सर्बोच्च अदालतले उनी सहित माओवादी केन्द्रबाट निर्वाचित कैलालीका अन्य ४ जनप्रतिनिधिहरुलाई पुन बहाली गर्न आदेश दिएको थियो। काठमाण्डौमा रहेका वडा अध्यक्ष भट्ट अत्तरिया फर्किए लगत्तै आफ्नो कार्यभार सम्हालेका हुन् । उनलाई वडा नं १ संगै गोदावरी नगरबासीले टिका र खादा लगाएर स्वागत गरेका छन् ।