कञ्चनपुर। कञ्चनपुरमा बहुबिवाह मुद्धाका फरार कसुरदार २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बहुबिवाह मुद्धाका फरार कसुरदार २ जना पक्राउ हुन् । कञ्चनपुरको भिमदत्त नगरपालीका ९ की पुर्णिमा राना (पाल) भन्ने पुनम राना र कञ्चनपुरको भिमदत्त नगरपालीका १३ बडैपुर बस्ने कसुरदार चेतराज हमाललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बहुबिवाह मुद्धामा कञ्चनपुर जिल्ला अदालतबाट २०६६ कार्तिक २२ गतेको फैसलाले १ बर्ष कैद र रु ५ हजार जरिवाना भएकी फरार कसुरदार कञ्चनपुरको भिमदत्त नगरपालीका ९ की पुर्णिमा राना (पाल) भन्ने पुनम रानालाई मिति २०७८ असार २० गते बहुबिवाह मुद्धामा पक्राउ गरीएको हो । यस्तै सोही मुद्धामा अदालतबाट २०७७ माघ २० गतेको फैसलाले १ बर्ष कैद र रु १० हजार जरिवाना भई फरार भिमदत्त १३ बडैपुर बस्ने कसुरदार चेतराज हमाललाई आज उनकै घरबाट लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुर अदालतमा पेश गराईएको र कैद भुक्तानको लागी कारागार चलान गरिएको जनाइएको छ।