कञ्चनपुर। कञ्चनपुरमा अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ बनदेबी मन्दिर स्थित भारतबाट भन्सार, छली चोरी गरी ल्याएका अबैध सामान बरामद गरिएको हो ।
कञ्चनपुर प्रहरीले ६१ हजार मूल्य बराबरका भारतबाट भन्सार छलेर भित्र्याइएका सुपर पावर सुर्ती १४४ पोका र से १प ९३२८ नम्बरको मोटरसाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बरामद गरिएका उक्त सामान सहित मोटरसाईकल आवश्यक कारवाहीकालागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जनाइएको छ ।