धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय नजिकै रहेको फिटनेश केन्द्र सोमवार (आज) देखि सञ्चालनमा आउन लागेको धनगढी नगर उप प्रमुख सुशिला मिश्र भट्टले बताईन् । धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडामा निःशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना भएको हो। कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढेको र शारीरिक व्यायाम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोहरुकाहरुलाई मध्येनगर गर्दै उपनगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।
यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बाताईन्। आईतवार उप प्रमुखले केन्द्रको अनुगमन गरेकी छन् । वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले झण्डै २५ लाखको लगानीमा उक्त केन्द्रमा लगानी लागेको बताए। फिटनेश केन्द्रमा फिटनेश सम्वन्धीका विभिन्न सामाग्री राखिएका छन्, अन्य भन्दा आधुनिक तरिकाको रहेको छ उनले भने,‘ एक जना फिटनेशको लागि प्रशिक्षक र विस्तारै योग अभ्यासका लागि पनि प्रशिक्षक राख्ने तयारी गरेका छौं।’ धनगढी उपमहानगरपालिकाले अन्य वडामा पनि फिटनेश केन्द्र बनाईरहेको छ। सोमबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले फिटनेश केन्द्रको उद्घाटन गर्ने छन्।
यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बताईन् । उनले आईतबार केन्द्रको अनुगमन गर्दै व्यायम केन्द्रलाई लैंगिक मैत्रि बनाउन उपलब्ध फिटनेस सामाग्रीमा महिलाहरुको छुट्टै नेमप्लेट टाँस्न वडा अध्यक्ष नरायण बराललाई निर्देशन दिए ।व्यायम केन्द्रमा योग अभ्यासको लागि योगहलको पनि व्यवस्था गरिएको छ । व्याय केन्द्र सोमबार उद्घाटन हुने उपप्रमुख मिश्र भट्टले जानकारी दिईन् ।