कञ्चनपुर। कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्तसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोभिड संक्रमणको जोखिम कायमै रहेको र संक्रमणलाई नियन्त्रण गर्न जारी निषेधाज्ञाको अवधि थप गरिएको हो । आज (सोमबार) बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरि असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेद्धारा जारी आदेशमा भनिएको छ ।
अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम,सेमिनार,पुस्ताकालय,संग्रालय,सिनेमा हल,दर्शक सहितको खेलकुद ,मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ । यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाईने जनाएको छ। जिल्लामा सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । सवारी साधनको हकमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ ।