धनगढी। सेती प्रयोगशालामा १११ नमूना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १११ नमूना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका २ कैलालीका १२ र अन्य जिल्लाका ३ गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ४ जना निको भएका छन् । ३ जना आइसियु र ३ जना भेन्टीलेटरमा उपचारत छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।