धनगढी । ग्रमिण महिला विकास तथा एकता केन्द्र रुडुक कैलालीले धनगढी उपमहानगरपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरु लाई ह्विल सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाको सहयोगमा धनगढीका विभिन्न वडामा रहेका अपाङ्गता भएका ब्यक्ति लाई ४ वटा ह्विल चियर धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडलाई हस्तान्त्रण गरिएको ग्रमिण महिला विकास तथा एकता केन्द्र रुडुक कैलालीकी अध्यक्ष ममता शाहले जानकारी दिईन ।
उनले प्रदान गरिएका स्वास्थ्य सामाग्री उपमहानगरपालिकाले प्राथमिताका अधारमा अपाङ्गता भएका ब्यक्तिलाई वितरण गर्ने बताईन । ग्रमिण महिला विकास तथा एकता केन्द्र रुडुक कैलालीले हिजो धनगढी उपमहानगरपालिकामा रहेका असाह तथा गरिब नागरिक लाई खाध्य सामाग्री पनि सहयोग गरेको थियो ।
संस्थाले धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरी शिविरका ४० परिवार र अन्य विभिन्न वडाका २० परिवार लाई गरी ६० जनालाई खाध्य सामाग्री सहयोग गरिएको ग्रमिण महिला विकास तथा एकता केन्द्र रुडुक कैलालीका कोषाध्यक्ष प्रमिला लम्सालले बताइन ।