धनगढी : लायन्स क्लव अफ कैलाली फारवेस्ट २०२१/२२ को कार्यभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२१/२२ का लागी अध्यक्षमा चुनिएका बिवेक सर्मा सहित नयाँ टिमले कार्यभार सम्हालेको हो । बर्ष २०२०/२१ का अध्यक्ष गगन केसीले बर्तमान अध्यक्ष सर्मालाई कार्यभार हस्तान्तरण गरेका हुन् । २०२१/२२ का लागी प्रथम उपाध्यक्षमा मोहित साह, बरिष्ठ उपाध्यक्षमा तेज बम, तृतिय उपाध्यक्षमा राज कुमार श्रेष्ठ, , सचिवमा लक्ष्मणराज पन्त, सह सचिवमा नरेन्द्र चन्द, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ, सह कोषाध्यक्षमा प्रदिप थापा चयन भएका थिए । यस्तै पि आर ओ उमेस साउँद, टेल क्वूस्टरमा दिपेन्द्र सिहं, ट्युमरमा दिपेन्द्र भट्ट, एम जी ओ मा धुर्ब दाहाल, डाइरेक्टरमा आनन्द सिहं, सेकेन डाइरेक्टरमा मनिस पन्त, थर्ड डाइरेक्टरमा अच्युत दाहाल र सदस्यहरुमा असोक बोहरा तथा हेमराज तिमल्सेना चयन भएका थिए ।

आज डिस्टिक भ्वाइस गभर्नर सि बि चन्दको प्रमुख आतिथ्यमा कार्यभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको हो । यस्तै डिस्टिक चिफ कैलास दाहाल, एरिया चिप राजेस भाट, रिजनल चेयरपर्सन सुकुन्तला भट्ट, ज्वइनल चेयर पर्सन प्रमोद अधिकारी,लगायत बिभिन्न लायन्स क्लवहरुमा आबद्ध अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन लायन्स क्लव कैलाली फारवेस्ट २०२१/२२ का सचिव लक्ष्मणराज पन्तले गरेका थिए ।