धनगढी : धनगढीको दृष्टी फाउण्डेशनमा रहेका ३ जना बालबालिकाको पढाइको जिम्मा धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले लिएका छन् । मानसिक अवस्था बिग्रिएर साहारा बिहिन महिलाहरुलाई आश्रय दिदै आएको दृष्टी फाउण्डेशनमा पछिल्लो समय बालबालिकाहरुको संख्यापनि बढ्दै गएको छ । मानसिक अवस्था बिग्रिएर सडकको जिवन बिताइरहेका आमाहरुबाट जन्मिएका ति बालबालिकाहरुलाइपनि दृष्टी फाउण्डेसनलेनै आश्रय दिइरहेको छ । आफै समस्यामा ग्रसित दृष्टी फाउण्डेशनलाई ति बालबालिकाको पढाई खर्च ब्यहोर्न झन जटिल अवस्था श्रृजना भइरहेको थियो । बिभिन्न समाजसेवीहरुले बालबालिकाको पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
यसैबिच फाउण्डेसनमा रहेका ३ जना बालबालिकाहरुको पढाइको जिम्मा धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले लिने भएका हुन् । त्यहाँ रहेका प्रकाश, जेम्स र आरोहीलाई पढाउने जिम्मा ऐरले लिएका हुन् । धनगढी उप महानगरपालिका ७ स्थित जेम्स एकेडेमीमा अध्यायन शुरु गरेका तिनै बालबालिकाहरुलाई कक्षा ८ सम्म पढाउने जिम्मा ऐरले लिएका हुन् । वडा अध्यक्ष ऐरले बिगत ३ बर्षदेखी आफ्नो जन्मदिन दृष्टी फाउण्डेशनमै मनाउँदै आएका छन्, भने समस्या परे लगत्तै उनि सहयोगमा जुट्ने गरेका छन् । साथै जन्मदिन तथा बैबाहिक बर्षगाँठमा सहयोग गर्न चाहानेहरुलाइपनि उनि समस्या परेका क्षेत्रमा सहयोग गर्न सुझाउँछन् ।
अध्यक्ष ऐरको समाजसेवी भुमिकाप्रति दृष्टी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्ट खुशी छिन् । दृष्टी फाउण्डेशनको अबिभावकका रुपमा रहेका ऐर राजनितिक हिरो मात्रै नभई सामाजिक हिरो हुन् भट्टले भनिन् ‘सानैदेखी केही गर्ने जाँगर बल बहादुरमा थियो गरेरै देखायो राजनितिक हिरो त छदै छ सामाजिक हिरोपनि बल बहादूर ऐर हो ।’ जहाँ समस्या त्यहाँ बल बहादूर पुगेको देख्छु उनले भनिन् ‘सानो छँदा संगै पढेका हामी त गाउँले दिदि भाइपनि हौँ बल बहादूरको समाजप्रति यो लगाब देखेर अरुलेपनि सिक्नुपर्छ ।’
अध्यक्ष ऐरले आफु कुनै न ठुलो ब्यापारी न उधोकी सामान्य नागरिक भएको बताए । अध्यक्ष ऐरले भने ‘म सामान्य वडा अध्यक्ष हुँ सानो ब्यवसायपनि छ घर खर्च चलाउनसम्म, मेरो दैनिकि चलाउन सरकारी सुबिधाले पुगिहाल्छ अरु गर्नुनै के छ र सकिन्छ बेसाहारालाई सहयोग गर्छु सक्नेबेलासम्म पढाउँछु ।’