धनगढी। गर्मी बढेसंगै केही दिनयता धनगढी लगायतका ठाउँमा भइरहेको अनियमित बिधुत कटौती रोक्न माग गर्दै युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ । लोडसेडिङ अन्य भइसकेपनि कैलालीमा अनियमित बिधुत कटौती भइरहेकाले यसलाई रोक्न माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई सघंले ज्ञापनपत्र बुझाएको हो ।
युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेस्ठको नेतृत्वमा गएको टोलीले केही ब्यापारीको चगुंलमा फसेर बिधुतका कर्मचारीले अनावश्यक जनतालाई दुख दिनेगरी बिधुत कटौती गरिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापनपत्र बुझाएको हो। लोडसेडिङ नभई इन्भरट तथा सोलार ब्यवसायीको चगुंलमा बिधुत प्राधिकरण फसेको दावी गर्दै संघले तत्काल नियमित बिधुत सेवा दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई माग गरिएको हो । यी माग सम्बोधन नभए युवासंघ नेपाल सशक्त कदम चाल्ने समेत चेतावनी दिएको छ ।